Logo

कर्पोरेट-बजार

दशैँ तिहारको अवसरमा आईएमई मोटर्सले ल्यायो “दशैँ तिहारको बहार पक्का उपहार” योजना


GDP नेपाल
   ६ आश्विन २०७८, बुधबार


आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दशैँ तिहारलाई लक्षित गरी “दशैँ तिहारको बहार पक्का उपहार” साथै बम्पर उपहार योजना ल्याएको छ । जस अन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी छानी उपहार पाउने कम्पनीले जनाएको छ ।

ग्राहकको माग अनुसार नै यो योजना ल्याएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताएका छन् । यस योजना अनुसार ग्राहकले अशोक लेलैण्डको दोस्त, बस साथै ट्रक टिप्परको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छा अनुसार उपहार छानी छानी लान सक्नेछन् ।

अफर अन्तर्गत अशोक लेलैण्डको दोस्त गाडीको खरिदमा १५ ग्राम सुन अथवा स्मार्ट फोन साथै थप क्यास डिस्काउन्ट अथवा स्मार्ट टिभि साथै क्यास डिस्काउन्ट पाउन सक्नेछन् । ग्राहकहरुले प्रत्यक ICV Haulage, MCV टिप्पर वा बस खरिदमा ३० ग्राम सुन अथवा Iphone 12 pro max अथवा TVS NTorq स्कुटर पाउन सक्नेछन् भने माथि उल्लेखित गाडीहरु मध्ये ICV Haulage, MCV Tipper वा बस मध्य एकै पटक दुई वटा गाडीको खरिदमा ६० ग्राम सुन अथवा Apple Mac Book Pro साथै Iphone 12 Pro Max अथवा Royal Enfield 350 CC Bullet Bike पाउन सक्नेछन् । कुनै पनि HCV साथै ICV टिप्परको एक वटा गाडी खरिदमा ३० ग्राम सुन अथवा Iphone 12 Pro Max अथवा Tvs Ntorq Scooter पाउन सक्नेछन् । त्यस्तै गरी दुई वटा HCV र ICV टिप्परको खरिदमा ६० ग्राम सुन तोला सुन अथवा Apple Mac Book Pro र Iphone 12 Pro Max अथवा Royal Enfield 350 CC Bullet Bike पनि पाउन सक्नेछन् ।HCV तथा ICV टिप्परको कुनै पनि गाडीको खरिदमा माथि उल्लेखित उपहार भन्दा अझ थप अफर पनि प्राप्त गर्न सक्नु हुनेछ ।

यो योजन अन्तर्गत बम्परमा तीन जान भाग्यशाली जोडीलाई ५ रात ६ दिने युरोप टुरको पनि अफर ल्याएको कम्पनीले जनाएको छ । चाडपर्ब लक्षित यो योजना मंसिर ३० गतेसम्म मात्र लागु हुने बताइएको छ ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह