Logo

बैंक / बिमा /शेयर

सेयर बजारमा सामान्य वृद्धि, बैंकिङ र फाइनान्स बाहेक सबै समूह राताम्मे


GDP नेपाल
   ७ आश्विन २०७८, बिहिबार


काठमाडौँ ।

बिहिबार सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से २.७ अंकले बढेर २ हजार ८१९.६५ विन्दुमा पुगेको छ ।

आज सेयर बजार सामान्य अंकले बढे पनि बैंकिङ र फाइनान्स बाहेक अन्य समूह भने राताम्मे भएका छन् । बैंकिङ ४७.३७ अंकले बढेको छ भने फाइनान्स ८.२ अंकले बढेको छ ।

आज व्यापार ४५.०७, होटल तथा पर्यटन ९७.२७, विकास बैंक ८०.४४ , निर्जीवन बीमा ९२.०४ र जीवन बीमा समूह ५१.०८ अंकले घटेका छन् । त्यस्तै, जलविद्युत ७१.८, उत्पादन ८०.४, माइक्रोफाइनान्स ४६.७९, सामूहिक लगानी कोष ०.०६ र अन्य समूह २१.६१ अंकले घटेका छन् ।

आज दुई सय २८ वटा कम्पनीको एक करोड ५७ लाख कित्ता शेयर ७ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ७ आश्विन २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह