Logo

कर्पोरेट-बजार

तीन सयले बढ्यो सुनको मूल्य


GDP नेपाल
   ११ आश्विन २०७८, सोमबार


काठमाडौँ ।

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले बढेको छ । छापावाल सुन आइतबार प्रतितोला रु ८९ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ८५० तोकिएको छ । तेजाबी सुन आइतबार प्रतितोला रु ८८ हजार ५५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य आइतबारका तुलनामा आज प्रतितोला रु १० ले बढेको छ । आइतबार प्रतितोला रु एक हजार १५० मा कारोबार भएको चाँदी आज प्रतितोला रु एक हजार १६० तोकिएको हो । अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५९ दशमलव १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ जुन समयसमय परिवर्तन भइरहन्छ ।

प्रकाशित : ११ आश्विन २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह