काठमाडौँ ।
साताको दोस्रो दिन सोमबार सेयर बजारमा पहिरो गएको छ ।
आज नेप्से ७३.०५ अंकले घटेर २७८५.४१ को बिन्दुमा पुगेको छ । आज सबै समूह राताम्मे भएका छन् । बैँकिङ ४४.०८, विकास बैंक १९४.१, फाइनान्स ११२.९६, होटल तथा पर्यटन ९०.१२, जलविद्युत ८०.६१, लगानी २.८६, जीवन बीमा ४३७.१७, निर्जीवन बीमा ४३९.२८, माइक्रोफाइनान्स १३२.४९, उत्पादन १०४.३९ र अन्य समूह ४६.०२ अंकले घटेका छन् ।
आज २२७ कम्पनीका एक करोड ४ लाख कित्ता शेयर ५ अर्ब १२ करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया