Logo

कर्पोरेट-बजार

६ भर्सनको यामाहा एमटी–१५ सार्वजनिक, यस्ता छन् विशेषता


GDP नेपाल
   १२ आश्विन २०७८, मंगलबार


काठमाडौँ ।

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले बीएस६ भर्सनको एमटी–१५ लन्च गरेको छ । भृकुटीमण्डपमा जारी यामाहा महा एक्सचेन्ज मेलामा सो बाइक सार्वजनिक गरिएको हो ।

एमटी–१५ मा बीएस६ मापदण्डयुक्त १५५ सीसी लिक्विडकुल्ड फोरस्ट्रोक एसओएचसी फोर भल्व इन्जिन हुनेछ, जसले १८.५ पीएस पावर र १३.९ एनएम टर्क जेनेरेट गर्छ ।

 

यसको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फोर्क र पछाडि मोनोसक दिइएको छ । डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल रहेको यो मोटरसाइकलमा एलइडी हेडलाईट र एबीएसको विशेषता रहेको छ ।

बाइकको मूल्य ४ लाख ४९ हजार ९ सय, ४ लाख ५४ हजार ९ सय र ४ लाख ५९ हजार ९ सय रुपैयाँ छ । बाइक किन्ने ग्राहकलाई ज्याकेट र हेल्मेटलगायतका एसेसरिज समेत उपलब्ध गराइने छ ।

प्रकाशित : १२ आश्विन २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह