Logo

कर्पोरेट-बजार

जोन डीयरद्वारा ५० एचपी फोर ह्वील ड्राइभ नयाँ ट्रयाक्टर सार्वजनिक


GDP नेपाल
   १२ आश्विन २०७८, मंगलबार


काठमाडौँ ।

अमेरिकाको डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डिया प्रालिले ५० एचपी फोर ह्वील ड्राइभ नयाँ ट्रयाक्टर नेपाली बजारमा ल्याएको छ ।

यो ट्रयाक्टर अत्याधुनिक प्रविधिसहितको विभिन्न विशेषता भएको हुँदा किसान समुदायको उत्पादकत्व बढाई आम्दानी बढाउने कम्पनीको दाबी छ ।

जोन डीयर इण्डियाका बिक्री तथा मार्केटिङ निर्देशक सत्यन शाहले किसान उपभोक्ता र नेपालको लागि आधिकारिक बिक्रेता विवेक अटोमोबाइल्स प्रालिसँगको लामो सहयात्राको ऐतिहासिक क्षण भएको बताए ।

जोन डीयरले कृषि श्रृंखलामा एकीकृत समाधान प्रयास गरेर विश्वकै धेरै क्षेत्रहरुमा कृषि पद्धतीहरुको आधुनिकीकरणमा मद्दत गरिरहेको जनाएको छ ।

प्रकाशित : १२ आश्विन २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह