Logo

कर्पोरेट-बजार

नेपाल महिला चेम्बरद्धारा ‘दशैँ तिहार व्यापार मेला २०२१’ आयोजना हुँदै


GDP नेपाल
   १२ आश्विन २०७८, मंगलबार


काठमाडौँ ।

नेपाल चेम्बर अफ कमर्स अन्तर्गत नेपाल महिला चेम्बरद्धारा नेपालमा उत्पादन भएका अर्गानिक कृषि उत्पादन लगायत अन्य उपभोग्य बस्तुहरु प्रवद्र्धनको लागि दशै, तिहार व्यापार मेला २०२१ को आयोजना हुने भएको छ ।

मेला असोज १३ गते विहान १० बजे देखि सांझ ६ बजेसम्म कमलपोखरीस्थित सिटि सेन्टरमा आयोजना हुने बताइएको छ । उक्त कार्यक्रमको उद्घाटन नेपाल चेम्बर अफ कमर्र्सका अध्यक्ष राजेन्द्र मल्लले गर्ने जनाइएको छ । नेपाली महिला उद्यमीहरुको प्रवद्र्धनका लागि गठन भएको नेपाल महिला चेम्बरले आयोजना गरेको उक्त मेलाबाट नेपालमा उत्पादन भएका कृषि योग्य अर्गानिक तथा अन्य उपभोग्य वस्तुहरुको प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने विश्वास लिईएको छ ।

नेपाल चेम्बर अफ कमर्स अन्तर्गत रहि नेपाल महिला चेम्बरले देशको महिलाहरुको हकहितको संरक्षण गरि महिला उद्यमशीलता विकासको लागि नेपाल महिला चेम्बर गठन भएको र विगतमा महिला चेम्बरवाट विभिन्न प्रवर्द्धनात्मक कार्य हुंदै आईरहेको छ । यस मेलामा सहभागी हुन नेपाल महिला चेम्बरले आब्हान गरेको छ ।


प्रकाशित : १२ आश्विन २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह