Logo

कर्पोरेट-बजार

यती एयरलाइन्सको दशैँ तिहार योजना, स्कुटरदेखि हिराको टप जित्ने मौका


GDP नेपाल
   १७ आश्विन २०७८, आइतबार


काठमाडौँ ।

यती एयरलाइन्सले चाडपर्व लक्षित यात्रुहरुका लागि उपहार योजना ल्याएको छ । एयरलाइन्सले २३औं बर्षगाँठ मनाईरहँदा धमाकेदार दसैं तिहार अभियान अन्तर्गत स्कुटरदेखि हिरासम्मका उपहार ल्याएको हो।

उक्त योजनामा पहिलो हुनोलाइ यमाहाको फेसिनो १२५ एफ आई स्कुटर, दोस्रोलाई दुबई जानेरआउने हवाई टिकट र तेस्रो हुनेलाई हिराको टप प्रदान गरिने कम्पनीले बताएको छ।

यो योजना असोज २१ देखि कार्तिक २४ गतेसम्म यतीमार्फत यात्रागर्ने सबैमा लागू हुनेछ। प्रथम पुरस्कारको प्रायोजन यमाहाको आधिकारीक बिक्रेता एम ए डब्लु, दोस्रो पुरस्कार सस्तो टिकट अनलाइन ट्राभल एजेन्सी र तेस्रो पुरस्कार बालाजी डाइमण्ड प्रालिले प्रायोजन गरेको हो।

यो अफरमा सहभागी हुन विमानस्थलमा चेक ईन गर्दा वोर्डिङ पाससँगै प्रदान गर्ने ‘लक्की ड्र’ कुपन भरेर ड्रप बक्समा खसाल्नु पर्नेछ। एकतर्फी यात्रा गर्दा एकवटा मात्र कुपन पाइने छ।

एकैपटक दुईतर्फी टिकट काटेर यात्रा गर्दा एकतर्फी मै दुई वटा कुपन पाइने कम्पनीको भनाई छ। दुइतर्फी यात्रा गर्दा एकैजनाले चार वटा लक्की ड्र कुपन पाउने छन्। यतीको जहाजबाट जतिधेरै यात्रा गर्यो त्यति नै धेरै उपहार जित्ने सम्भावना रहने प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

असोज २१ देखि कार्तिक २४ सम्म भरिएका कुपनहरुलाई संकलन गरी गोलाप्रथा मार्फत प्रथम, द्धितीय र तृतीय विजेता छु्ट्याइने छ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने एयरलाइन्सले जनाएको छ।

हाल यतीले ५ वटा एटिआर–७२ विमान मार्फत विभिन्न ८ वटा गन्तव्यहरुमा उडान भर्दै आएको छ ।

प्रकाशित : १७ आश्विन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह