Logo

कर्पोरेट-बजार

५० हजार वटा स्कुटर बिक्री भएको अवसरमा एनटर्नको सेलिब्रेसन


GDP नेपाल
   १८ आश्विन २०७८, सोमबार


काठमाडौँ ।

टिभियस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो एनटर्क परिवारमा ५० हजार सदस्यहरु पुगेको माइलस्टोन मनाउन एनटर्किएनको निम्ति सेलिब्रेसन राइड कार्यक्रम गरेको छ। असोज १६ गते शनिबार नक्सालको टिभियस शोरुम देखि धुलिखेलको मिराबेल रिसर्ट होटलसम्म भएको थियो।

राइडबीच महालक्ष्मीस्थान, कौशलटार र भक्तपुरका टिभियस शोरुमहरुका बिक्रेताद्वारा स्वागतको पनि आयोजना गरिएको थियो।भेन्युमा पुगेलगत्तै आर्टिस्ट रोजिलिन श्रेष्ठसँगको लाइभ म्युजिक, मनोरन्जक खेलहरु र सहभागीहरुसँग अन्तरक्रियात्मक सत्रको आयोजना गरिएको थियो।

यो सेलिब्रेसनको मुख्य उद्देश्य भनेको सबै दर्ता गरिएका मध्य चुनिएका एनटर्किएनहरुलाई एकै ठाउँमा ल्याउने र एक एनटर्किएन क्लब गठन गर्नु भएको कम्पनीले बताएको छ।

प्रकाशित : १८ आश्विन २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह