काठमाडौँ ।
साताको दोस्रो दिन सोमबार सेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचक ६.६८ अंकले अंकले घटेर २ हजार ५७०.८१ विन्दुमा पुगेको छ ।
आज बैंकिङ ३.८८, व्यापार २०.७९, विकास बैंक ८६.४, जलविद्युत ६५.०८, फाइनान्स ५२.९३, निर्जीवन बीमा १३.१७, उत्पादन ३२.४३ र म्यूचुअल फन्ड ०.१ अंकले घटेको छ ।
त्यस्तै, जीवन बीमा ५.६२, होटल तथा पर्यटन १२.८, माइक्रोफाइनान्स ७२ र अन्य समूह २१.६१ अंकले बढेका छन् ।
सेयर बजारमा आज दुई सय २७ कम्पनीको ७६ लाख कित्ता शेयर ३ अर्ब ६२ करोडकोमा कारोबार भएको छ ।
प्रतिक्रिया