Logo

कर्पोरेट-बजार

नेपालमा ‘साओमी–११ लाइट एनइ ५–जी’सार्वजनिक, यस्तो छ फिचर


GDP नेपाल
   १८ आश्विन २०७८, सोमबार


शाओमी नेपालले आज शाओमी ११ लाइट एनई ५ जी को लन्च संगै आफ्नो शाओमी ११ सिरिजलाई अझै विस्तार गरेको छ । प्रयोगकर्ताहरुको अनुभवहरुलाई एक स्तर माथि लैजाँदै, शाओमी ११ लाइट एनई ५ जी एक स्मार्टफोनमा नयाँपन र सौन्ंदर्य खोज्ने प्रयोगकर्ताहरुको लागी डिजाइन गरिएको हो ।

शाओमी११ लाइट एनई ५ जी ले १२ ५जी ब्यान्ड सपोर्टका साथ एक ग्लोबल ५जी को अनुभव प्रदान गर्दछ। यो क्वालकम®स्न्यापड्रागन™७७८ जी र अत्यन्त उत्कृष्ट प्रदर्शनको लागि सुधारिएको सफ्टवेयरको सांथ आउँदछ। एक सहज दैनिक अनुभव सक्षम गर्न को लागी, यसलाई एनएफसी बिल्ट–इनका साथ लोड गरिएको छ र डोल्बी भिजन® को साथ यो स्मार्टफोन आफ्नो क्षेत्रको पहिलो १०–बिट स्मार्टफोन पनि हो ।  

आफ्नो पूर्ववर्तीको विरासतलाई जारी राख्दै, शाओमी ११ लाइट एनई ५ जी पातलो रहेको छ र यसको तौल मात्र १५८ ग्रामको रहेको छ जसले यसलाई सन् २०२१ को सबै भन्दा पातलो र हलुका स्मार्टफोनको रुपमा स्थापित गरेको छ । ताजा लुक्स प्रदान गर्दै, शाओमी ११ लाइट एनई ५ जी एक स्मुथ एन्टी–ग्लेयर म्याट–फिनिश फ्रोस्टेड गिलासको साथ आउँछ जसले फिंगरप्रिन्टको दागलाई कम गर्न मद्दत गर्दछ ।

एक आरामदायक इन–ह्याण्ड पकड को प्रस्तुत गर्दै डिजाइनलाई रेजरको जस्तो पातलो १.८८ मिलिमिटरको बेजलहरु द्वारा दुबै माथि र छेउ मा अधिकतम स्क्रीन आकारको लागी जोडिएको छ। एक स्मुथ अनलक अनुभवलाई प्रस्तुत गर्दै यो उपकरणले एक कभ्र्ड आर्क डिजाइन साइड फिंगरप्रिन्ट सेन्सर समेटेको छ जसलाई निर्बाध रूपमा फर्म फ्याक्टरमा एकीकृत गरीएको छ ।

कम्पनी अनुसार ८ जीबीं२५६ जीबीः नेपाली ४८ हजार ९९९ रुपैयाँ र ८ जीबीं१२८ जीबीः नेपाली ४५ हजार ९९९ रुपैयाँ मूल्उ रहेको छ । साथै, शाओमी ११ लाइट एनई ५ जी असोज १८ बाट डायमण्ड ड्याजल, टस्कनी कोरल, ज्याज ब्लू र विनाइल ब्लयाक रंगहरुमा नेपाल भरीका सबै आधिकारिक स्टोरहरुमा उपलब्ध हुनेछ ।

प्रकाशित : १८ आश्विन २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह