काठमाडौँ ।
साल्ट ट्रेडिङ्ग कर्पोरेशनले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न ५४ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले १६ कार्तिक बिहान ११ बजेदेखि भिडियो कन्फेरेन्समार्फत सभा सञ्चालन गर्न लागेको हो ।
कम्पनीले शेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि पाँच प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गर्न सभा आह्वान गरेको हो । सभाले आर्थिक वर्ष २०७६र०७७ को मुनाफाबाट कम्पनीका शेयरधनीलाई २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि पाँच प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया