Logo

कर्पोरेट-बजार

तोलामा ५ सयले बढ्यो सुनको मूल्य


GDP नेपाल
   १९ आश्विन २०७८, मंगलबार


काठमाडौँ ।

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेर रु ९० हजार ३०० कायम गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ३०० तोकिएको हो ।छापावाल सुन सोमबार प्रतितोला रु ८९ हजारमा ८०० मा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुनको आजको कारोबार मूल्य प्रतितोला रु ८९ हजार ८५० कायम गरिएको छ जुन सोमबार प्रतितोला रु ८९ हजार ३५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६० अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।

प्रकाशित : १९ आश्विन २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह