Logo

Banner-news

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त


GDP नेपाल
   २० आश्विन २०७८, बुधबार


काठमाडौँ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त भएका छन् । सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद प्रकरणमा मुछिएका ढुंगानालाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो ।

ढुंगानामाथि छोरी रेविका ढुंगानाको नाममा बुक बिल्डिङ प्रक्रियामार्फत साधारण सेयर जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद गरेको आरोप लागेको छ । सरकारले गठन गरेको छानबिन समितिले ढुंगानाले पदीय मर्यादा विपरीत सेयर कारोबारमा संलग्न भएको र उनले पुँजी बजारको विकास विपरीत हुने गरी काम गरेको भन्दै बर्खास्त गर्न सुझाव दिएको थियो ।

त्यस्तै, सोही प्रकरणमा ढुंगानासँगै मुछिएका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले भने राजीनामा दिइसकेका छन् ।

प्रकाशित : २० आश्विन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह