Logo

मनोरञ्जन

एनपीएलको पहिलो उपाधीका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्ने


gdpnepal
   ४ पुस २०८१, बिहिबार


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार भएको खेलमा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको हो ।

आइतवार हुने फाइनलमा जनकपुरले सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । पराजित कर्णालीले भने प्रतियोगिताबाट बाहिरिएको छ ।

कर्णालीले दिएको १ सय १९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । जनकपुरको जितमा जेम्स निशमले सर्वाधिक ४५ रन जोडे । उनले १७ बलमा २ चौका र ५ छक्का प्रहार गरे । अर्धशतक बनाउँन ५ रनले चुकेका निशम विपिन शर्माको बलमा बोल्ड आउट भए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल तयार गरेको थियो ।

कर्णालीका लागि गुलशन झाले सर्वाधिक २५ रन जोडे । उनले २० बलमा १ चौका र २ छक्का प्रहार गरे । ओपनर देव खनालले २० बलमा ३ चौका र १ छक्काको सहयोगमा २४ रन जोडे ।

 

प्रकाशित : ४ पुस २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह