Logo

कर्पोरेट-बजार

आइएमई मोटर्सको जितपुर र नवलपरासी शाखाकाे समुद्घाटन


GDP नेपाल
   २० आश्विन २०७८, बुधबार


काठमाडौं ।

आइएमई ग्रुप अन्र्तगत संचालित आइएमई मोटर्स प्रा.लिले २ वटा शाखा समुद्घाटन गरेको छ । जितपुर बारास्थित थ्रि एस सेटअप र सर्दी नवलपरासी पूर्वमा अवस्थित २ एस सेटअपको एक कार्यक्रमबीच समुद्घाटन गरिएको हो । यी शाखाहरूबाट अशोक लेलैण्ड गाडीका लागी सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुने कम्पनीले बताएको छ ।

नेपाल उधोग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले शाखा समुदघाटन गरेका हुन् । भारतको दोस्रो ठूलो अटोमोबाइल कम्पनी अशोक लेलैण्डका सार्क हेड सुजन रोय साथै जिल्लाका बिशिष्ट व्यक्तिहरुको उपस्थितिमा संयुक्त रुपमा रिबन काटी शाखा उद्घाटन गरिएको हो । उद्घाटनका क्रममा ग्रुपका अध्यक्ष ढकालले “अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको बताएका छन् । ढकालले नेपालका लागि अशोक लेलैण्ड गाडीको एकमात्र अधिकृत बिक्रेता आइएमई मोटर्सले प्रदेश नं २ र लुम्बिनी प्रदेश अवस्थित शाखाको विस्तारले ग्राहकहरुलाई थ्रि—एस (सेल्स, सर्भिस र स्पेयर्स ) साथ सम्पूर्ण सेवाहरुको पूर्ण सुविधा प्रदान गर्ने प्रतिवद्धता यक्त गरेका छन् ।

सोही कार्यक्रममा अशोक लेलैण्ड भारतका सार्क अन्तर्राष्ट्रिय व्यापार प्रमुख सुजन रोयले अशोक लेलैण्ड हिन्दुजा समूह अन्तर्गतको ७३ बर्ष पुरानो भारतको दोश्रो ठूलो कमर्शीयल गाडी निर्माता कम्पनी भएको र आइएमई मोटर्ससँगको सहकार्यमा नेपालमा बजार बिस्तार गर्ने उद्देश्य रहेको बताएका छन् ।

सन् २००१ मा स्थापना भएको आइएमई ग्रुपले बैंकिङ्ग, इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सुचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्दे आएको छ ।

 

प्रकाशित : २० आश्विन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह