काठमाडौँ ।
शुक्रबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।
बिहिबार प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहिबार प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया