Logo

कर्पोरेट-बजार

हिरो मोटोकर्पद्वारा नयाँ एडभेन्चर बाइक सार्वजनिक


GDP नेपाल
   २२ आश्विन २०७८, शुक्रबार


हिरो मोटोकर्पले नयाँ एडभेन्चर बाइक सार्वजनिक गरेको छ। कम्पनीले शुक्रबार एडभेन्चर मोटरसाइकल एक्सपल्स–२०० ४भल्भ भारतमा सार्वजनिक गरेको हो। २०० सिसी क्षमता भएको यो बाइकको इन्जिन क्षमता निकै शक्तिशाली भएको कम्पनीले दाबी गरेको छ।

त्यस्तै यो नयाँ बाइक सार्वजनिक भएसँगै कम्पनीको प्रिमियम बाइकअन्तर्गतको पोर्टफोलियो विस्तार भएको छ। कम्पनीले नयाँ एडभेन्चर एक्सपल्स–२०० ४ भीको सुरुवाती बजार मूल्य भारु १ लाख २८ हजार १ सय ५० तोकेको छ।

हिरो मोटोकर्पले नयाँ एडभेन्चरको बाहिरी आवरण, इन्जिन क्षमता, कुलिङ सिस्टम, सिट डिजाइन र हेडल्याम्पहरूमा परिवर्तन गरेको छ। यसअर्थ नयाँ बाइकको बाहिरी आवरणसँगै भित्री विशेषताहरूमा समेत सुधार गरिएको छ।

एक्सपल्स–२०० ४भी बाइक सार्वजनिक गरेसँगै कम्पनीका रणनीति एवम् ग्लोबल उत्पादन योजना प्रमुख मालो ले मासनले कम्पनीले प्रिमियम बाइक श्रेणीतर्फ आफ्नो सेवा विस्तार गरेको बताए। ‘छोटो समयमै एक्सपल्सले निकै राम्रो ग्राहक कमाएको छ।

‘नयाँ सार्वजनिक नयाँ एक्सपल्स–२०० ४भी अफ–रोड यात्राको लागि उपयुक्त बाइक हो। यसमा राइडरले थप रोमाञ्चक सवारीको अनुभव लिन सक्नेछन्’, उनले भने।

२०० सिसी इन्जिन क्षमता भएको नयाँ एक्सपल्स–२०० ४भीले ८,५०० आरपिएममा १९.१ पिएस पावर र ६,५०० आरपिएममा १७.३५ एनएम टर्क जेनेरेट गर्छ। यसमा ओइल कुल्ड प्रविधि छ। यसको ट्रान्समिसन र गियर रेसिओमा समेत कम्पनीले अपडेट गरेको छ।

बाइकमा अपग्रेड गरिएको एलइडी हेडल्याम्प छ। यसमा पुरै एलसिडी इन्सेट्रुमेन्ट क्लसटर दिइएको छ। जसमा स्मार्ट कनेक्टिभिटी, कल अलर्ट, टर्न–बाइ–नेभिगेसन, गियर इन्डिकेटर, इको मोड, डुअल ट्रिप मिटरलगायत एकै पटक देख्न सकिन्छ।

कम्पनीले चालक र यात्रुको सुरक्षालाई पनि विशेष ध्यान पुर्याएको छ। बाइकको अगाडिको टायर २१ इन्च र पछाडि १८ इन्चको छ। यसको अगाडि १९० एमएम र पछाडि १७० एमएम सस्पेन्सन छ। जसले लामो दुरी यात्राको लागि बाइकलाई उपयुक्त तुल्याउँछ। त्यस्तै बाइकमा सिंगल–च्यानल एबिएससहितको डिस्क ब्रेक दिइएको छ।

नयाँ एक्सपल्स–२०० ४भीमा विन्डसिल्ड, अपग्रेड गरिएको सिट, युएसबी चार्जर र लगेज प्लेटहरू पनि पाउन सकिन्छ। यो बाइक ट्रेल ब्लु (निलो), ब्लिज ब्लु र रेड रेड (रातो) गरी तीन विभिन्न रंगमा उपलब्ध छ।

प्रकाशित : २२ आश्विन २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह