Logo

कर्पोरेट-बजार

सुन प्रतितोला एक सयले बढ्यो


GDP नेपाल
   २४ आश्विन २०७८, आइतबार


काठमाडौँ ।

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु १०० ले बढेर रु ९० हजार ७०० कायम भएको छ । छापावाल सुन गत हप्ताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला रु ९० हजार ६०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार २५० मा कारोबार हुनेछ जुन शुक्रबार प्रतितोला रु ९० हजार १५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य शुक्रबारको तुलनामा रु पाँचले बढेको छ । चाँदी शुक्रबार प्रतितोला रु एक हजार १७० मा कारोबार भएको थियो भने आजको कारोबार मूल्य प्रतितोला रु एक हजार १७५ तोकिएको छ ।

प्रकाशित : २४ आश्विन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह