Logo

कर्पोरेट-बजार

हुन्डाईकाे हाईवे एसुरेन्स: हाईवेमा फ्रि चेकअप क्याम्प


GDP नेपाल
   २४ आश्विन २०७८, आइतबार


काठमाडौं ।

नेपालको लागि हुन्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकटिन्नेनटल प्रा.ली.ले ‘हुन्डाइ हाईवे एसुरेन्स’ (हुन्डाई गाडिहरुको लागि फ्रि चेकअप क्याम्प आयोजना गरेको छ। यस कार्यक्रमअन्तर्गत कम्पनीले आफ्ना ग्राहकको लागि राजमार्गका विभिन्न स्थानहरुमा हुन्डाई गाडीको फ्रि चेकअप क्याम्प स्थापना गरेको छ।

नेपालीहरुको महान चाड वडा दसैंमा आफ्नो परिवार तथा इस्टमित्रहरुसँग मनाउने हेतुले आफ्नो हुन्डाई गाडीमा घर फर्कदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना गरिएको यस फ्रि चेकअप क्याम्पमा ग्राहकहरुले आफ्नो हुन्डाई गाडीको फ्रि चेक अप क्याम्प गराउनुको साथै आवश्यक लुब्रिकेन्ट तथा कूलान्टको मात्रा कम भएमा कम्पनीले नि:शुल्क थप गरिदिने व्यवस्थ पनि गरेको छ।

यो योजनाअन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थान बिर्तामोड (काँकड्भित्ता रोड), इटहरी (मिलनचोक), कुरिनटार (सीरीनहाईवे), भरतपुर (बालमन्दिर चोक), बुटवल (चौराहा), नेपालगन्ज(कोहलपुर चोक), धनगढी (अतरियाचोक),वीरगंज(पतलैया चोक) र हेटौंडा (बाईपास मार्ग, कपुर कम्पलेक्स)हरुमाफ्रि चेक अपक्याम्पपोइन्टको स्थापना गरीेएको छ।

यो कार्यक्रम असोज २४ देखि २६ गतेसम्म बिहान १० बजे देखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।

प्रकाशित : २४ आश्विन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह