Logo

कर्पोरेट-बजार

घट्यो सुनको मूल्य, तोलाको कति ?


GDP नेपाल
   २५ आश्विन २०७८, सोमबार


काठमाडौँ ।

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक सयले घटेर ९० हजार ६०० कायम भएको छ । छापावाल सुन आइतबार प्रतितोला रु ९० हजार ७०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार १५० मा कारोबार हुनेछ जुन आइतबार प्रतितोला रु ९० हजार २५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य आइतबारको तुलनामा रु पाँचले बढेको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार १७५ मा कारोबार भएको थियो भने आज प्रतितोला रु एक हजार १८० मा कारोबार हुनेछ ।

प्रकाशित : २५ आश्विन २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह