Logo

कर्पोरेट-बजार

सुनचाँदीको मुल्य वृद्धि, तोलाको कति ?


GDP नेपाल
   १ कार्तिक २०७८, सोमबार


काठमाडौँ ।

नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको छ । छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला रु ९० हजार ६०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोबार हुनेछ जुन गत सोमबार प्रतितोला रु ९० हजार १५० मा कारोबार भएको थियो ।

महासङ्घले चाँदीको आजको कारोबार मूल्य प्रतितोला एक हजार २२५ तोकेको छ । चाँदी गत सोमबार प्रतितोला रु एक हजार १८० मा कारोबार भएको थियो ।

प्रकाशित : १ कार्तिक २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह