Logo

बैंक / बिमा /शेयर

ब्याजदर वृद्धिले निजी क्षेत्रमा चिन्ता, अर्थतन्त्रको गति रोकिने टिप्पणी !


GDP Nepal
   १ कार्तिक २०७८, सोमबार


काठमाडौं। बैंकहरुबीच ब्याजदर वद्धिमा देखिएको प्रतिस्पर्धाले निजी क्षेत्रमा निराशा बढाएको छ । धेरैजसो बाणिज्य बैंकले निक्षेपको ब्याजदरमा उच्च वद्धि गरेका छन् र यसबाट कर्जाको ब्याजदर समेत बढ्ने भएपछि निजी क्षेत्रमा निराशा उत्पन्न भएको हो ।

कोभिडले लामो समय थलिएको अर्थतन्त्र ब्याजदर वृद्धिको होडबाजीले पुनः संकटमा पर्ने भन्दै यसलाई बेलैमा रोक्न नसके आर्थिक क्षेत्रमा दुर्घटना निम्तिनसक्ने उनीहरु बताउँछन् ।

ब्याजदर वृद्धिबारे नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाको टिप्पणी यस्तो छः

बैकहरुले ब्याज दरमा नयाँ होडबाजी शुरू गरेका छन् ।
कोरोनाले थला परेको अर्थतन्त्र केही चलायमान हुदै गर्दा ब्याज दरका कारण फेरि समस्यामा पर्न सक्ने देखिन्छ।

यस्तै, महासंघ कार्यकारिणी सदस्य एवं रोजगारदाता परिषदका सहसभापति प्रबलजंग पाण्डे भन्छन्:

हरेक बैकले आफ्नो निक्षेप र कर्जाको ब्याजदर निर्धारण गर्नु बैंकको अधिकारको कुरा हो । तर अहिले को बिषम अवस्थामा नेपाल राष्ट्र बैंक र नेपाल बैकर एसोसियेशनको प्रयास को वाबजुत पनि केही बैंकहरुको निक्षेपको व्याजदर बृद्दीको होडबाजीले अर्थतन्त्रमा नकारात्मक असर पर्ने निश्चित छ ।

सोमबार कात्तिक महिना लाग्नेवित्तिकै बैंकहरुले ब्याजदर वृद्धिको सूचना प्रकाािशत गरेसँगै तरंग पैदा भएको छ ।

एनआइसी एसिया बैंकले एक वर्षे मुद्दति निक्षेपमा ११.१० प्रतिशत ब्याजदर पु¥याएको छ भने हिमालयन बैंकले १०.५० प्रतिशत र लक्ष्मी बैंकले ११.०५ प्रतिशतसम्म ब्याजदर पुर्याएका छन् ।

एनबी बैंकले १०.२८ प्रतिशत, सिद्धार्थ बैंकले १०.३ प्रतिशत, सिटिजन्स बैंकले ९.२६ प्रतिशत, सेञ्चुरी बैंकले ९.७५ प्रतिशत, बैंक अफ काठमाण्डूले ९.५७ प्रतिशत तथा एनसीसी बैंकले १० प्रतिशत, कुमारी बैंकले ९.८१ प्रतिशत, सिभिल बैंकले ब्याजदर १०.११ प्रतिशत र नबिल बैंकले ८.७६ प्रतिशत ब्याजदर दिने घोषणा गरेका छन् ।

प्रकाशित : १ कार्तिक २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह