Logo

कर्पोरेट-बजार

रत्न आभूषण महासंघ अध्यक्ष रमेश महर्जनको कोभिडले निधन


GDP Nepal
   १ कार्तिक २०७८, सोमबार


काठमाडौं ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको ५६ वर्षको उमेरमा निधन भएको छ ।

एक साताअघि कोभिड संक्रमण देखिएपछि अस्पताल भर्ना भएका महर्जनको सोमबार मेडिसिटी अस्पतालमा निधन भएको हाे ।

उहाँको पार्थिव शरिरलाई भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

नेपाल श्रीलंका चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिका चेम्बर अफ समेत रहनु भएका महर्जनका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ । समाजसेवा र राजनीति दुबैमा क्रियाशिल रहनुभएका महर्जन नेपालका एक उदयमान व्यवसायीका रुपमा परिचित थिए ।

आरबी डायमन्ड ज्वेलर्सका अध्यक्ष महर्जन विवेकशील साझा पार्टीका नेता समेत हुनुहुन्थ्यो ।

प्रकाशित : १ कार्तिक २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह