Logo

कर्पोरेट-बजार

अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ आजको विनिमय दर


GDP नेपाल
   २ कार्तिक २०७८, मंगलबार


काठमाडौँ ।

आज अमेरिकीसहित विभिन्न विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिददर १२० रुपैयाँ २५ पैसा र बिक्रीदर १२० रुपैयाँ ८५ पैसा रहेको छ ।

यूरोपेली मुद्रा युरोको खरिददर १३९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १४० रुपैयाँ १० पैसा, बेलायती पाउण्ड स्टेर्लिङ एकको खरिददर १६५ रुपैयाँ १३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९५ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ पाँच पैसा र बिक्रीदर ९७ रुपैयाँ ५४ पैसा तथा जापानी येन १० को खरिददर १० रुपैयाँ ५२ पैसा र बिक्रीदर १० रुपैयाँ ५७ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७० पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा कायम गरिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३२ रुपैयाँ ६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २ पैसा र बिक्रीदर ३३ रुपैयाँ १८ पैसा, यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९० पैसा, मलेसियन रिंगेट एकको खरिददर २८ रुपैयाँ ८३ पैसा र बिक्रीदर २८ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

यसैगरी, कुबेती दिनार एकको खरिददर ३९८ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४०० रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ । बहराइन दिनार एकको खरिददर ३१९ रुपैयाँ ४ पैसा र बिक्रीदर ३२० रुपैयाँ ६३ रुपैयाँ तोकिएको छ । दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ ।

प्रकाशित : २ कार्तिक २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह