काठमाडौँ ।
कोरोना महामारी संक्रमण फैलिएसँगै बन्द भएको कोरिया रोजगारी कात्तिक दोस्रो सातादेखि खुल्ने भएको छ। कात्तिक १० देखि नेपाली कामदार कोरिया जान पाउने वैदेशिक रोजगार विभागले जनाएको छ ।
त्यस्तै, कोरियाबाट सन् २०१९ मा फर्किएका ११९ जनालाई पहिलो प्राथमिकतामा राखिएको छ । इपिएस शाखाका अनुसार पहिलो उडानमा ५० जना कामदार र दोस्रो उडानमा ६९ जनालाई कोरिया पठाइने भएको छ । यस अघि कोरोना संक्रमण फैलिएसँगै नेपालमा रहेका कामदारलाई कोरिया जान रोक लगाइएको थियो ।
प्रतिक्रिया