Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्य वृद्धि, ताेलाकाे कति ?


GDP नेपाल
   ३ कार्तिक २०७८, बुधबार


काठमाडौँ ।

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक सयले बढेर ९१ हजार ४०० कायम भएको छ । छापावाल सुन सोमबार प्रतितोला रु ९१ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार ९०० मा कारोबार हुनेछ जुन सोमबार प्रतितोला रु ९० हजार ८०० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य सोमबारको तुलनामा प्रतितोला रु १० ले बढेर एक हजार २३५ पुगेको छ । चाँदी सोमबार प्रतितोला रु एक हजार २२५ मा कारोबार भएको थियो । नेपाल सुनचाँदी तथा रत्न आभुषण व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनको असामयिक निधनको शोकमा मङ्गलबार सुनचाँदी व्यवसायीले कारोबार बन्द गरेका थिए । 

प्रकाशित : ३ कार्तिक २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह