एजेन्सी ।
विश्वका २० ठूला अर्थतन्त्र रहेका मुलुकका ठुला व्यवसायीहरुको नाफाबाट अब १५ प्रतिशत कर काटिने भएको छ ।
रोममा चलिरहेको जी–ट्वान्टी सम्मेलनमा विश्वका २० ठूला अर्थतन्त्र भएका देशका नेताहरूले ठूला बहुराष्ट्रिय व्यवसायहरूमा १५ प्रतिशतको विश्वव्यापी न्यूनतम करलाई समर्थन गरेका छन् । व्यवसायीहरुले बहुराष्ट्रिय कम्पनीको नाममा कम कर प्रावधानको फाइदा उठाउँदै गलत तरिकाले नाफा लिइरहेको भन्दै सम्मेलनले यस्तो प्रावधान अनुमोदन गरेको हो ।
छलफलमा सामेल भएका संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बिडेनले कर सम्झौतालाई ‘खेल परिवर्तन गर्ने’ को रूपमा स्वागत गरेका छन् ।
१९ वटा राष्ट्र र युरोपेली संघ सदस्य रहेको जी–ट्वान्टी सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने भर्चुअल रुपमा सहभागिता जनाएका छन् ।
प्रतिक्रिया