काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध निर्वाचित हुने भएका छन् । बुधबार संघ अध्यक्षका लागि मनोनयन गर्ने अन्तिम समयसम्ममा उपाध्यायको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध हुने भएका हुन् ।
उपाध्याय हाल संघको उपाध्यक्ष र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका हुन् । सरकारी स्वामित्वको बैंकबाट यसअघि संघको नेतृत्वमा कोही पनि पुगेका छैनन् । उनले बैंकिङ क्षेत्रमा तीन दशकभन्दा बढी समय बिताइसकेका छन् ।
संघको आगामी कार्यसमितिका लागि कार्यसमिति सदस्यमा एनआईसी एसिया बैंकका रोशन न्यौपाने र लक्ष्मी बैंकका अजय बिक्रम शाहको उम्मेदवारी परेको छ । मंगलबार संघको उपाध्यक्ष चयन हुने कार्यक्रम रहेको छ ।
संघको नेतृत्वमा रहेका सानिमा बैंकमा प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले हाल संघ अध्यक्ष र दुई महिनापश्चात बैंकको कार्यकारी पदबाट बिदा लिँदैछन् ।
प्रतिक्रिया