Logo

मुख्य समाचार

राष्ट्रिय राजमार्गमा दुधौली नगरपालिकाद्वारा गैरकानुनी कर संकलन


GDP Nepal
   २३ कार्तिक २०७८, मंगलबार


भुवन थापा/सिन्धुली

मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुली भिमान कटारी सडक खण्डमा दुधौली नगरपालिकाले सडक प्रयोग गरेबापत गैरकानुनी रुपमा शुल्क असुल गर्न थालेको छ ।

नगरपालिकाले स्थानीय पूर्वाधार प्रयोग गरेको भन्दै संघीय सरकारको लगानीका बनेको संरचनामा शुल्क असुल गर्न सुरु गरेको हो ।

के. एल. के. एन निर्माण प्रालि सिन्धुलीले दुधौली नगरपालिकाबाट स्थानीय पूर्वाधार प्रयोग गरे बापत शुल्क असुल गर्न ठेक्का पाएको हो । कम्पनीले यसरी कर संकलन समेत सुरु गरिसकेको छ ।

सडक बोर्ड नेपालका सुचना अधिकारी राम प्रसाद गुलीका अनुसार राष्ट्रिय राजमार्गमा सडक उपभोग दस्तुर असुल गर्ने अधिकार सडक बोर्ड नेपाललाइ मात्र भएको बताउँछन् । गुलीका अनुसार सडक बोर्डले प्रस्ताव गरेपछि नेपाल राजपत्रमा सुचना प्रकाशित गरेर मात्र सडक उपभोग दस्तुर संकलन गर्न पाइन्छ । तर, राष्ट्रिय राजमार्गमा शुल्क उठाउने अधिकार स्थानीय तहलाई हुँदैन ।

दुधौली नगरपालिकाका सूचना अधिकारि स्थानीय सडकमा मात्र शुल्क लिने गरि ठेक्का लगाएपनि राष्ट्रिय राजमार्गमा शुल्क असुल गरिएको गुनासो आएको र ठेकदार संग स्पष्टीकरण मागिने बताउँछन् । स्थानीय दिनेश अधिकारी नगरपालिका र प्रशासनका कर्मचारी दैनिक रुपमा उक्त राजमार्ग ओहोरदोहोर गर्दा पनि कमिसनको लागि गैरकानुनी काममा आखाँ चिम्लिने आरोप लगाउछन् ।

सडक बोर्ड नेपालका अनुसार हालसम्म नारायणघाट हेटौंडा, नौबिसे मुग्लिन, नारायणघाट बुटवल, भैरहवा भूमही, पाँचखाल मेलम्ची, धुलिखेल खुर्कोट तथा खुर्कोट सिन्धुली बर्दिवास सडक खण्डमा मात्र टोल शुल्ल संकलनका लागि अनुमति दिइएको छ । यसबाहेक संघीय सरकारले निर्माण गरेका अन्य सडकमा यसरी कर लिनु गैरकानुनी रहेको बोर्डको भनाइ छ ।

प्रकाशित : २३ कार्तिक २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह