Logo

अर्थनीति

मासिक २० हजार रूपैयाँभन्दा बढी घरभाडा लिने घरधनीले डेरावालसँग सम्झौता गर्नैपर्ने


appharu
   ३१ श्रावण २०७५, बिहिबार


काठमाडौं । अब मासिक २० हजार रुपैयाँभन्दा बढी बहालका लागि घर बहालमा दिँदा घर बहालमा लिने–दिने व्यक्तिहरुले लिखित सम्झौता गर्नुपर्ने भएको छ ।

भदौ १ पछि लागू हुने देवानी संहिताअनुसार प्रतिमहिना २० हजार वा सोभन्दा बढी भाडामा दिने घरधनी र डेरावाल दुवैले सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको हो ।

यस्तै, असुरक्षित घर बहालमा दिन पाइने छैन भने घरधनी र बहालमा बस्नेले पालना गर्नुपर्ने दायित्व कानूनद्वारा निर्धारण हुने उल्लेख छ ।

बहालमा बस्नेले सम्झौताको अधीनमा रही पुनः बहालमा दिनसक्ने, बहालमा बस्ने बेपत्ता भएमा घरधनीले अर्को व्यक्तिलाई घर बहालमा दिन सक्ने व्यवस्था पनि ऐनमा छ ।

ऐनअनुसार कसैले पनि घर वा बलेसीबाट अर्काको घर, जग्गा वा सार्वजनिक बाटोमा पानी झार्न पाउने छैन । आफ्नो हकको सम्पत्ति स्वामित्व हस्तान्तरणबिना निःशुल्क रुपमा अर्को व्यक्तिलाई प्रयोग गर्न दिन सक्ने गरी फलोपभोगको व्यवस्था गरिएको छ ।

नयाँ कानूनका रुपमा ‘मुलुकी देवानी संहिता, २०७४ ल्याइँदैछ । यसमा देवानी संहिता र देवानी कार्य्विधि संहिता रहेका छन् ।
मुलुकी देवानी संहिता नेपालको अहिलेसम्मकै सबैभन्दा लामो ऐनको रुपमा रहेको छ । यो संहितामा छ भाग, ५२ परिच्छेद र ७ सय २१ दफा रहेका छन् । छरिएर रहेका ३१ कानूनको खारेज र ३६ कानूनलाई एकीकृत गरी यो संहिता तर्जुमा गरिएको हो ।

प्रकाशित : ३१ श्रावण २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह