काठमडौँ ।
हालै मात्र सञ्चालनमा आएको पाँच तारे होटल ह्यात प्लेसको प्रबर्द्धक कम्पनी सिटी होटेल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । सिटि होटलले जारी पूँजीको १० प्रतिशत आईपीओ निष्काशन गर्ने भएको हो ।
यसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौतापत्रमा कम्पनीको तर्फबाट अध्यक्ष शक्तिकुमार गोल्यान र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरेका हुन् ।
प्रतिक्रिया