काठमाडौँ ।
बुधबारबाट गुण एयरले पोखरा-भरतपुर नियमित उडान शुरु गरेको छ । त्यस्तै, गुणले भोलिदेखि पोखरा-भैरहवा र शुक्रबारदेखि पोखरा-नेपालगन्ज दैनिक रुपमा अन्तर प्रदेश उडान भर्ने भएको छ ।
आफ्ना दुइवटा अमेरिकी बिचक्राफ्ट र बेलायती पाँच जेट्स्ट्रीमसहित कुल सात विमानबाट उडान गर्ने क्रममा गुण एयरलाइन्सले यसअघि काठमाडौबाट भरतपुर, पोखरा , तुम्लिङटार भैरहवा नेपालगन्ज विराटनगर सिमरा र जनकपुरमा भने नियमित उडान गर्दै आएको छ ।
प्रतिक्रिया