Logo

Banner-news

नेपालगञ्ज विमानस्थलमा स्यालसँग ठोकियो बुद्ध एयरको जहाज


GDP नेपाल
   ९ मंसिर २०७८, बिहिबार


काठमाडौँ ।

नेपालगञ्ज विमानस्थलमा अवतरणको क्रममा बुद्ध एयरको एब्रो जहाज स्यालसँग ठोक्किएको छ । काठमाडौंबाट नेपालगन्जका लागि उडेको सो जहाज बुधबार साँझ अवतरणको क्रममा स्यालसंग ठोकिएको बुद्ध एयरले जानकारी दिएको छ ।

बिहीवार एक विज्ञप्ति जारी गर्दै बुद्ध एयरले सो दुर्घटनामा कुनै प्रकारको मानवीय क्षति नपुगेको जनाएको छ । त्यस्तै, जहाजमा भने सामान्य क्षति पुगेको छ ।

नेपालगञ्ज विमानस्थलमा यस किसिमका दुर्घटना बारम्बार देखिरहेको जनाउँदै बुद्ध एयरले सम्बन्धित सबै निकायहरुको गम्भिर ध्यानाकर्षण गराएको छ ।

‘नेपालगञ्ज विमानस्थलमा यस किसिमको दुर्घटना पहिला पनि भएको र हाल बारम्बार देखिएको हुँदा सम्बन्धित सबै निकायहरुको गम्भिर र ध्यानाकर्षण गराउन चाहन्छौं । भविष्यमा यस किसिमको दुर्घटना दोहरिन नदिन सबै उपायहरु अवलम्वनका लागि पनि अनुरोध गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : ९ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह