Logo

Sub-banner

क्यानडाका १७ प्रतिशत बालबालिका गरिबीमा


GDP नेपाल
   ९ मंसिर २०७८, बिहिबार


ओटावा ।

तेह्र लाख क्यानेडेली बालबालिकाहरू गरिबीमा बाँचिरहेको अभियान २००० नामक संस्थालेले बुधबार जारी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। यो सङ्ख्या कुल बालबालिकाको १७.७ प्रतिशत हो । प्रतिवेदनका अनुसार ती बच्चाहरूले आधारभूत आवश्यकताको परिपूर्ति समेत गर्न नपाएको जनाइएको छ। व्यवस्थित खानपान, सुकिला लुगाफाटो, पारिवारिक सन्तुलन, बाबुआमाको आम्दानी लगायतका शीर्षकका आधारमा उक्त अध्ययन-अनुसन्धान गरिएको थिए जसमा प्रायः सबै शीर्षकमा ती बालबालिकाको अवस्था दयनीय रहेको पाइएको छ ।

सन् २०१९ बाट उपलब्ध नवीनतम तथ्याङ्कहरू प्रयोग गरी गरिएको अध्ययन प्रतिवेदनले आम्दानी, स्वास्थ्य र सामाजिक असमानता र बालबालिका र पारिवारिक गरिबीको गहिरो स्तरको स्पष्ट चित्र चित्रण गरेको छ। क्यानाडामा सबैभन्दा उच्च बाल गरिबी दर नुनाभट क्षेत्रमा छ जहाँ ३४ प्रतिशतमा छ । त्यसैगरी मनिटोबा प्रान्तमा २८.४ प्रतिशत रहेको छ ।

उक्त प्रतिवेदनले क्यानाडा सरकारलाई बालबालिकाको सुरक्षाका लागि थप साहसिक र निर्णायक कदम चाल्न आग्रह गरेको छ । यो प्रतिवेदन भर्खरै उपलब्ध कर डाटामा आधारित छ ।

प्रकाशित : ९ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह