Logo

बैंक / बिमा /शेयर

सिटिजन्स बैंककाे १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   १० मंसिर २०७८, शुक्रबार


काठमाडौँ ।

सिटिजन्स बैंकले संस्थापक समूहतर्फको १५ हजार ६७३ कित्ता सेयर बिक्री गर्ने भएको छ ।

बैँकको संस्थापक सेयरधनी प्रेमकुमारी थापाले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त सेयरको मूल्य प्रतिकित्ता २०५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सक्नेछन् ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आवेदन दिन सकिनेछ ।

साथै तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

प्रकाशित : १० मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह