Logo

कर्पोरेट-बजार

जर्मनीद्वारा दक्षिण अफ्रिकाबाट हुने अधिकांश यात्रा प्रतिबन्धित


GDP नेपाल
   १० मंसिर २०७८, शुक्रबार


बर्लिन ।

जर्मनीले ठूलो संख्यामा उत्परिवर्तन भएको नयाँ कोभिड-१९ को फैलावट रोक्न दक्षिण अफ्रिकाबाट हुने धेरैजसो यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको कार्यवाहक स्वास्थ्य मन्त्री जेन्स स्पानले शुक्रबार बताउँनुभएको छ।

शुक्रबार रातिदेखि शुरु हुने नयाँ नियमहरूले दक्षिण अफ्रिका र सम्भवतः छिमेकी राष्ट्रहरूू लाई असर गर्ने स्पानले बताउँनुभएको छ । यद्यपि जर्मन नागरिकलाई भने प्रवेश अनुमति दिइएको छ । खोप लगाए पनि उनीहरू स्वदेश आइपुगेपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ।

प्रकाशित : १० मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह