Logo

कर्पोरेट-बजार

धनगढीमा पनि गुड्ने भयो ट्रियो इलेक्ट्रिक अटोे !


GDP Nepal
   १२ मंसिर २०७८, आइतबार


धनगढी । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो शुक्रबार भव्य समारोहका साथ धनगढीमा पनि सार्वजनिक गरेको छ ।

बुटवल, चितवन, हेटौंडा लगायतका ठाँउहरुमा अग्नि ग्रुप अन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरे लगतै क्याम्पस रोड, धनगढी–८, कैलालीमा पनि शुक्रबार सार्वजनिक गरेको हो ।

महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्ट ८ लाख ४० हजार रुपैयाँ शोरुमको मूल्यमा प्रस्तुत गरिएको छ ।

महिन्द्रा ट्रियो १०,०००+ सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो र सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटर भन्दा बढी दूरी तय गरिसकेकोे छ ।

अग्नि इनर्जीका धनगढीका लागि आधिकारिक बिक्रेता सेन्ट्रल अटो जोन प्रा.लि का प्रबन्ध निर्देशक बि. एण्ड ए. अटोमोटिभ्स प्रा.लि का प्रबन्ध निर्देशक अभिनाश चौधरीका, धनगढी उपमहानगरपालिकाका मेयर नृप वहादुर वड, महिन्द्रा एल एम एम का निर्यात प्रमुख हिमांशु अग्रवाल तथा अग्नि इनर्जीका वरिष्ट कार्यकारी व्यवस्थापक प्रमोद पोखरेलका साथै धनगढी उपमहानगरपालिका वडा सदस्यहरुका उपस्थितिबिच एक समारोहमा ट्रियो इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्बजनिक गरिएको छ ।

प्रकाशित : १२ मंसिर २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह