Logo

कर्पोरेट-बजार

यस्तो बन्यो नाडा निर्वाचनमा ध्रुव थापाको प्यानल


GDP Nepal
   १६ मंसिर २०७८, बिहिबार


काठमाडौं । नाडा अटोमोबाल्स एशोसिएसन अध्यक्षका प्रत्यासी ध्रुव थापाले आफ्नो टीम र एजेन्डा सार्वजनिक गरेका छन् ।

मंसिर २३ गते राजधानीमा हुने निर्वाचनका लागि अध्यक्षका प्रत्यासी थापाले बिहीबार राजधानीमा एक कार्यक्रम गरी एजेन्डासहित प्यानल घोषणा गरेका हुन् ।

आफूहरुको टीम समावेशी रहेको उल्लेख गर्दै थापाले ‘अब बनाउनु छ नाडा, सबै अटोमोबिल्स व्यवसायीको साझा’ भन्ने नारा अघि सारेका छन् ।

थापाको प्यानलमा नाडाको वर्तमान कार्य समितिका आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलिया सदस्यका उम्मेदवार रहेका छन् ।

थापाले आफ्नो प्यानलमा यमुना श्रेष्ठ ज्यूलाई समावेश गरी नाडामा महिला सहितको समूह निर्माण गरेर नयाँ इतिहासमा रच्न लागेको बताए ।

थापाले अमरज्योति रञ्जित, बि.एन. पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायणप्रसाद पौडेल (राजन), प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बि.एस्. कंसाकार, सञ्जयकुमार खेतान जस्ता लामो अनुभव भएका अटो व्यवसायीहरुलाई समेटेर समावेशी समूहको निर्माण गरेको बताइएको छ ।

नाडाको इतिहास मै यस्तो समावेशी प्यानल पहिलोपल्ट बनेको अध्यक्षका प्रत्याशी थापाको भनाइ छ ।

यसअघि नेपालका विभिन्न स्थानमा रहेका अटो व्यवसायीहरुसँग थापा प्यानलले आफ्नो छलफल तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा अध्यक्ष पदका उमेद्वार थापाले आफ्नो टीममा रहेका सदस्यका उमेद्वारहरुको परिचय गराएका थिए । कार्यक्रममा उनले नाडाको नयाँ निर्वाचनले सवल, सक्षम, र सम्पूर्ण व्यवसायीको समस्या आफ्नै समस्या मानेर कामगर्न सक्ने व्यक्तिको खाँचो रहेको बताए ।

थापाले आफ्ने टीमको प्रतिवद्धता सार्वजनिक गर्दै आफ्नो टीममा रहेका सदस्यहरुको व्यवसायीक क्षमताको विषयमा प्रकाश पारेका थिए । उनले भने, ‘हामीले सबै प्रदेशका साथीहरुसँग अन्तक्र्रिया गरेका छौं । छलफलमा उठेका समस्यालाई सम्बोधन गर्न हामी प्रतिवद्ध रहेका छौं ।’

थापा प्यानलको प्रतिबद्धता प्रदेश स्तरीय संरचनालाई अधिकार दिने, व्यवसायमैत्री वातावरण निमार्ण गर्न पहल गर्ने, नाडालाई अझ बलियो बनाउन विज्ञ टोलीको निर्माण गरी सरकारसँग प्रत्यक्ष र प्रभावकारी छलफल गर्ने आदि रहेका छन् ।

अबका दिनमा नाडाले आफ्नै भवनमा काम गर्ने वातावरण सृजना गर्न भवन निर्माणको लागि पहल कदमी चाल्ने साथै नीतिगत योजना, सचिवालय सुधार कार्य, नाडा अटो शो कार्यविधि र प्याटेन्ट दर्ता, डाटा हव निमार्ण कार्य अघि बढाउने, सामाजिक उत्तरदायित्व विस्तार गर्ने जस्ता प्रतिबद्धता पनि घोषणा गरे ।

प्रकाशित : १६ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह