Logo

अर्थनीति

कर आतंकसँगै फेरि पेट्रोलियम मूल्य बढ्यो


appharu
   ३ भाद्र २०७५, आइतबार


काठमाडौं । केपी ओली नेतृत्वको सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

मुलुकमा कर आतंक नसेलाउँदै मूल्यवृद्धिको आतंक सुरु भएको छ । ओलीले सरकारको नेतृत्व गरेपछि छैटौंपटक पेट्रोलियम मूल्य बढेको हो ।

नेपाल आयल निगमका अनुसार निगमले प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ तथा डिजेल र मटीतेलमा २÷२ रुपैयाँ तथा हवाई इन्धनमा ४.५ रुपैयाँले मूल्य बढाएको छ ।

अब उपभोक्तालाई प्रतिलिटर पेट्रोल १ सय ११ रुपैयाँ, डिजेल र मटीतेल ९५÷९५ रुपैयाँ तथा हवाई इन्धन प्रतिलिटर १ सय ४ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ ।

सोमबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नयाँ मूल्यसूची पठाएको थियो ।

मूल्य नबढाउँदा निगमलाई मासिक ६० करोड घाटा थियो । अझै १४ करोड ४२ लाख घाटा हुने गोइतको दाबी छ । नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा ६५ पैसा नाफा छ भने डिजेल र मट्टीतेलतमा ७० पैसा घाटा छ ।

प्रकाशित : ३ भाद्र २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह