काठमाडौँ ।
सानिमा मिडिल तमोर हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने तयारी गरेको छ ।
आइपीओ निष्काशन गर्ने प्रस्ताव पमरित गर्न कम्पनीले पुस १४ गते साधारणसभा बोलाएको छ । सभामा कम्पनीको सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने तथा यस कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ ।
यसैगरी आईपीओबाट प्राप्त हुने कुल रकमको उपयोग सम्बन्धी वित्तीय योजना तथा रणनीति निर्धारण गर्ने र स्वतन्त्र सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनिसभाले पारित गर्नेछ ।
प्रतिक्रिया