प्रभु बैंकले आफ्नो विप्रेशणको दायरा विस्तार गर्ने सिलसिलामा, प्रभु बैंक लिमिटेड र जेएससि एमएफआइ इन्टेलएक्सप्रेस बिच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता गरेको छ ।
अर्मेनिया, गेओरनिया, ग्रीस, साइप्रस, युके, इटली, मोल्डोभा, स्वीजरल्याण्ड, टर्की, युर्केन, उज्बेकिस्थानमा बसोवास गरिरहेका नेपालीहरुले अब जेएससि एमएफआइ इन्टेलएक्सप्रेस मार्र्फत नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई नेपाल भरि रहेका प्रभु बैंकका विभिन्न शाखा मार्फत सेवा लिन सकिने जनाएको छ ।
बैंकका २१५ वटा शाखाहरु तथा प्रभु रेमिट्यान्सका १६,००० भन्दा बढि एजेन्टहरुबाट सहजै भुक्तानी पाउन सक्नुहुनेछ साथै यो सेवा प्रभु बैंकको खातामा मात्रै सिमित नभई देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाईएको छ ।
यस सम्झौताले बिशेष गरि विदेशमा रहेका नेपालीहरुले गुणस्तरिय रेमिट्यान्स तथा बैंकीङ्ग सेवा प्राप्त गर्नुहुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।
हाल बैंकले देशभर २१५ वटा शाखा कार्यालयहरु, ५८ भन्दा बढी एक्टेन्शन काउन्टर र १८९ वटा एटिएमबाट १५,००,००० भन्दा बढी ग्राहकहरुलाई सेवा दिईरहेको छ ।
प्रतिक्रिया