Logo

बैंक / बिमा /शेयर

सांग्रिला डेभलपमेन्ट बैंकको ५ हजार कित्ता संस्थापक सेयर बिक्रिमा


GDP नेपाल
   २२ मंसिर २०७८, बुधबार


काठमाडौं ।

सांग्रिला डेभलपमेन्ट बैंकले ५ हजार कित्ता संस्थापक सेयर बिक्रि गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनी रुपेश थापाले आफ्नो नाममा रहेको ५ हजार कित्ता संस्थापक सेयर बिक्रि गर्ने भएका हुन्।

यस सेयर खरिदका लागि सुरुमा बैंककै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । संस्थापक सेयर खरिद गर्न चाहने सेयरधनीले सूचना प्रकाशित भएको दिन आज (मंसिर २२ गते) बाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालयमा बालुवाटार काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित : २२ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह