Logo

बैंक / बिमा /शेयर

बैंक अफ काठमाण्डूका ग्राहकलाई दराजको १२.१२ योजनामा २ हजारसम्मको छुट


GDP नेपाल
   २३ मंसिर २०७८, बिहिबार


काठमाडौँ ।

बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकले दराजको १२.१२ योजनामा दुई हजारसम्म छुट पाउने भएका छन् ।

प्रबिधिको प्रयोग गरि अनलाईन मार्फत आफुलाई आवश्यक विभिन्न समानहरु खरिद गर्ने गरेको जनाउँदै बैंकले आफ्नो कार्डबाहक ग्राहकाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गर्नुको साथै रु. २,००० सम्मको विशेष छुटको योजना ल्याएको हो । जस अन्र्तगत ग्राहकले दराजको १२.१२ योजनामा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १०% वा अधिकतम् रु २,००० सम्मको छुटको सुबिधा उपयोग गर्नसक्नेछन् । बैंकको डेबिट कार्ड प्रयोग गरेमा १०% वा अधिकतम रु. १,००० सम्म छुट र क्रेडिट कार्ड प्रयोग गर्नुभएमा १०% वा अधिकतम रु.२,००० सम्म छुटको पाउने बैँकले जनाएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

प्रकाशित : २३ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह