Logo

बैंक / बिमा /शेयर

आईपीओ निष्कासनका लागि सान्जेन जलविद्युतले दियो निवेदन


GDP नेपाल
   २४ मंसिर २०७८, शुक्रबार


काठमाडौँ।

सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ ।

संस्थापक समूहको ५१ प्रतिशत र बाँकी ४९ प्रतिशत सर्वसाधारणका लागि छुट्याएकोमा ३९ प्रतिशत सर्वसाधारणका लागि आइपीओ जारी गरिसकेको थियो । बाँकी रहेको १० प्रतिशत बराबरको साधारण शेयर स्थानीयका लागि जारी गर्न कम्पनीले प्रक्रिया अगाडि बढाएको हो । कम्पनीले १०० अंकित दरका कुल ३६ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्नेछ ।

यो आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट रहेको छ ।

प्रकाशित : २४ मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह