Logo

बैंक / बिमा /शेयर

लाभांश पारित गर्न बुटवल पावरले बोलायो साधारण सभा


GDP नेपाल
   २९ मंसिर २०७८, बुधबार


काठमाडौँ ।

बुटवल पावर कम्पनी लिमिटेडले २९औँ वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले पौष २६ गते सोमबार, कम्पनीको रजिष्टर्ड कार्यालय, बानेश्वरमा बिहान ११ बजे सभा आह्वान गरेको हो । सभामा आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पौष ११ गतेदेखि पौष २६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष ८ गते, बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : २९ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह