काठमाडौँ ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बुटवलस्थित महाराजा रिसोर्टमा सम्पन्न भएको सभाले १०.९३ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनको लागि ०.५७ प्रतिशत नगद लाभांश गरी कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै, सभाले मर्जरका लागि संचालक समितिलाई अख्तियारी दिने, सञ्चालकको प्रस्ताव पारित गरेको छ । आगामी बर्षका लागि लेखापरिक्षक नियुक्ति प्रस्ताव समेत सभाले पारित गरेको छ ।
प्रतिक्रिया