Logo

बैंक / बिमा /शेयर

बैंक अफ काठमाण्डूको साधारण सभा सम्पन्न, लाभांश पारित


GDP नेपाल
   २९ मंसिर २०७८, बुधबार


काठमाडौँ ।

बैंक अफ काठमाण्डू लिमिटेडको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभा बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अभ्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादमा सम्पन्न भएको हो ।सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाईनान्सियल रिर्पोटिङ्ग स्टाण्ड्र्डस बमोजिम तयार वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।

त्यस्तै, सभाले २०७७/७८ सम्मको संचित मुनाफाबाट २०७८ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ ।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : २९ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह