काठमाडौँ ।
सेन्ट्रल फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ७.७५ बोनस सेयर र ३.३५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसर्थ, कम्पनीले ६ करोड ७८ लाख ३९ हजार रुपैयाँ बराबरको रकम बोनस सेयर बाँड्नेछ ।
यस्तै, नगदमा २ करोड ९० लाख ७४ हजार रुपैयाँ खर्च गर्नेछ । अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ । गत वर्ष यस कम्पनीले ७५ बोनस र ३५ नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया