Logo

बैंक / बिमा /शेयर

ज्योति विकास बैंकले बोलायो साधारण सभा


GDP नेपाल
   १ पुस २०७८, बिहिबार


काठमाडौं ।

ज्योति विकास बैंकले १४ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा पुस २३ गते बिहान ११ बजे लिसरा रिसेप्सन, भगवती बहाल नक्सालमा बस्ने भएको छ ।

सभाले ११ प्रतिशत बोनस शेयर र ४ दशमलव ५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले कम्पनीको अधिकृत पूँजी  ५ अर्बबाट वृद्धि गरी ८ अर्ब पुर्‍याउने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी, यस बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने गाभिने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रकाशित : १ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह